Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

स्वास्थ्य बीमा बोर्डद्वारा सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड बीमा  भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड बीमा  भुक्तानी

  • काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड बीमा  भुक्तानी गरेको छ ।बीमा बोर्डका अनुसार सेवा प्रदायक ४०० भन्दा बढी संस्थालाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको हो । सरकारले चालू आर्थिक वर्षमा बीमा बोर्डलाई ७ अर्ब ५० करोड विनियोजन गरेको थियो । उक्त रकमले पनि नपुगेपछि शुक्रबार अर्थ मन्त्रालयले तीन अर्ब विनियोजन गरेको हो ।

    ‘अर्थ मन्त्रालयबाट आएको ३ अर्ब र बोर्डसँग भएको थप १ अर्ब ३८ करोड रकम ४ सयभन्दा बढी स्वास्थ्य संस्थामा भुक्तानी भएको छ,’ बीमा बोर्डका सुचना अधिकारी विवेक मल्लले भने ।स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था रहेका छन् । बीमा बोर्डको तथ्यांक अनुसार सेवा प्रदायक संस्थालाई मासिक २ अर्ब भुक्तानी गर्नुपर्ने हुन्छ ।

    बोर्डका निर्देशक डा. रघु काफ्लेका अनुसार   यही अनुपातमा हेर्दा बीमा बोर्डले चालू आर्थिक वर्षसम्ममा भुक्तानी दिन २४ अर्ब हुनआउँछ । चालू आर्थिक वर्षमा बोर्डले २४ अर्ब भुक्तानी बाँकी हुने देखिन्छ । तर सरकारले स्वीकृत बजेट बने एक तिहाई मात्रै छ । यस्तो वित्तीय असन्तुलनले बोर्डको विश्वसनीयता  तथा वित्तीय दिगोपनामा कायम राख्न कठिन देखिन्छ ।

    त्यसैगरी, समयमै भुक्तानी दिन नसक्नुको अर्को कारणमा रुजु गर्न सक्ने क्षमता न्यून गरेको बोर्डले औंल्याएको छ । बोर्डका अनुसार दैनिक भुक्तानीको दाबी संख्या ३० देखि ४० हजारको हाराहारीमा आउने गरेको छ । तर शाखाको दैनिक रूजु गर्ने क्षमता भने ७ हजार मात्रै रहेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्ले  स्वास्थ्य बीमा बोर्डको जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव  स्वीकृत गरेको छ ।

    मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि ४०२ जना जनशक्ति थपिने भएका छन् । अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृति भएको छ । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ ।

    बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा रहेको बताए । बोर्डको तथ्यांक अनुसार २०८१ फागुन मसान्तसम्ममा बोर्डमा प्राप्त भई समीक्षा नभएको दाबी करिब ९० लाख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij