Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

निर्देशन विपरीत काम गर्ने पाँच वाणिज्य बैंक कारबाहीमा

निर्देशन विपरीत काम गर्ने पाँच वाणिज्य बैंक कारबाहीमा

  • काठमाडौँ । निर्देशन विपरीत काम गर्ने पाँच बैंक कारबाहीमा परेका छन् ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा यस्ता पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो । कारबाहीमा पर्ने  बैंकहरूमा राष्ट्रिय वाणिज्य, कुमारी बैंक, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेका छन् ।

    राष्ट्र बैंकका अनुसार कारबाहीमा परेका बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकलाई कर्जालाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाको जोखिम भार गणना गर्दा नियम पालना नभएको भनी कारबाही गरिएको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई   चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाको पूर्ण पालना नगरेको भनी  सचेत गराइएको छ।  

    कारबाहीमा पर्ने  लक्ष्मी सनराइज बैंकले नियमअनुसार निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको भनी  बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।निर्देश विपरीत काम गर्ने बैंकहरूलाई  बैंकका सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोसम्म कारबाही गरिएको छ ।

    साथै बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको भनी  प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइने कारबाही गरिएको छ ।

    रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको भन्दै राष्ट्र बैंकले नेपाल बैंकलाई पनि कारबाही गरेको छ । यसैगरी  समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीबीच आपसी समन्वय गर्न÷गराउन नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

    सोही बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहको निक्र्यौल गरी  राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिवाना गरेको छ । यो कारबाहीसँगै अधिकारी बैंकको सञ्चालक पदबाट बर्खास्त भएका छन् ।

    सोही क्रममा तोकिएको उत्पादनशील (कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा न्यूनतम कर्जा प्रवाह नभएको भन्दै राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij