Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

ग्लोबल आइएमई लघुवित्तको नाफामा ४०% वृद्धि, तेस्रो त्रैमासमा १५ करोड नाफा

ग्लोबल आइएमई लघुवित्तको नाफामा ४०% वृद्धि, तेस्रो त्रैमासमा १५ करोड नाफा

  • काठमाडौँ  । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.१९ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले १० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ६१ लाख रुपैयाँबाट बढेर ५३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा इम्पेयरमेन्ट चार्जमा संस्थाले ८ करोड ५८ लाख रुपैयाँ मात्र छुट्याएको छ, जुन गत वर्षको तुलनामा घटेको हो। यही कारणले नाफामा उल्लेखनीय सुधार देखिएको हो।

    ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष तथा रिटेन्ड अर्निङ्स ६२ अर्ब ९१ लाख रुपैयाँ पुगेको छ। संस्थाको प्रति सेयर आम्दानी  ३२.३९ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २०१.६६ रुपैयाँ पुगेको छ। साथै, गैर–सञ्चालित ऋण अनुपात ४.४८ प्रतिशतमा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij