
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२।२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८ करोड १५ लाख रुपैयाँबाट बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, वित्तीय खर्च घटेर १ करोड ६ लाख रुपैयाँबाट ५२ लाख ३२ हजार रुपैयाँमा झरेको छ। आम्दानी वृद्धि र खर्च कटौतीका कारण कम्पनीको मुनाफामा उल्लेखनीय सुधार देखिएको हो।
नेपाल हाइड्रो डेभलपर्सको चुक्ता पुँजी ३८ करोड ८१ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रति सेयर आम्दानी १७.११ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२०.८४ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij