
काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। यसका कारण कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij