Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिन आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर

ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिन आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर

  •  

    काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक सेयरमा आवेदन दिने आज (वैशाख २२ गते, सोमबार) अन्तिम दिन हो। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा निष्कासन गरिएको यस आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।

    कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो, जसको कुल मूल्य ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबर पर्छ।

    कुल ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको जारी पुँजीको ४८.६९६ प्रतिशत हिस्सा अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सार्वजनिक गर्दैछ।

    न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने यस आइपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा सेवाबाट बैंक तथा वित्तीय संस्था र ूमेरो सेयरू मार्फत आवेदन दिन सक्नेछन्।

    यस कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले औसत जोखिम संकेत गर्छ। यो रेटिङ २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij