Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेको इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ ९ गते, बोनस सेयर र नगद लाभांश प्रस्ताव

नेको इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ ९ गते, बोनस सेयर र नगद लाभांश प्रस्ताव

  •  

    काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी जेठ ९ गते बिहान ११ बजे लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बस्ने भएको छ। सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह लगायतका विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा पेश गरिनेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, वैशाख २९ गतेसम्म सेयरधनी नाममा कायम हुनुपर्नेछ। तर, वैशाख २९ गते बुद्ध जयन्तीको सार्वजनिक विदा परेकाले व्यवहारिक रूपमा वैशाख २८ गतेभित्र सेयर खरिद गरिसक्नु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij