Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

स्टार्टअप कर्जा पाउन योग्य यस्ता छन् सिफारिसमा परेका ६६१ जना

स्टार्टअप कर्जा पाउन योग्य यस्ता छन् सिफारिसमा परेका ६६१ जना

  • काठमाडौँ । चालु आर्थिक वर्षमा तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन ६६१ जनालाई सिफारिस गरिएको छ ।  औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।कर्जाका लागि सिफारिस भएका उद्यमीहरूले आगामी ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ।  उद्यमीहरूलाई कुन बैंकको कुन शाखाबाट कर्जा प्राप्त हुने जानकारी आगामी बिहीबारसम्म जानकारी गराइने छ ।

    चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा र बाँकी रकम उद्यमीहरूलाई प्रवाह गरिने जनाइएको छ । 

    प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको मूल्यांकन समितिको औसत अंकभार र बैंकबाट क्रेडिट अप्रेजल गरी प्राप्त भएको अंकभार जोडेर कुल अंकभार निकाली कुल अंकभारलाई आधार लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकलाई प्राथमिकताको आधारमा अन्तिम छनोट गरिएको हो। अन्तिम छनोटमा परेकाहरू देहाय बमोजिम रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij