
काठमाडौँ । अमित अग्रवाललाई स्वम्भूबाट पक्राउ गरिएको छ । काठमाडौँ महानगरपालिका वडा न ३० बस्ने ४७ वर्षका अमित अग्रवाललाई पक्राउ गरिएको हो । अग्रवाललाई २३ गते वैशाख मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा फररार रहेका अग्रवाललाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको छ । मिति २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड पचास लाख जरिवाना भएको थियो ।
यसैगरी अग्रवाललाई २०८०कै असार २१ गते चेक अनादर मुद्दामा तीन हजार जरिवाना भएको थियो । अर्को एक चेक अनादर मुद्दामा २०८० फागुन २४ गते ४ हजार जरिवाना भएको थियो । बैंकिङ कसुरमा फरार रहेका अमित अग्रवाल विगत लामो समयदेखि रक्सीको कारोबार गर्दै आएका थिए ।उनी रक्सी कारोबार गर्ने ग्रीनलाइन कम्पनीका सञ्चालक हुन्
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij