
काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित विशाल बजारबाट ४० लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । विशाल बजारको भूईँतलाबाट प्रहरीले भारत कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाललाई पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरूको साथबाट ४० लाख ३२ हजार पचास रुपैया नगद बरामद भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij