
काठमाडौँ । आगामी बजेटलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले सरकारलाई पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएको छ ।राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको हो ।
कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले बुधबार अर्थमन्त्री विष्णु पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन्।देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको गभर्नर डा ढुङ्गाना तिम्सिनाले जनाएकी छिन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij