
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २४ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
छ्याङ्दी हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद सेयर बिक्री गर्दै, बुक क्लोज मिति जेठ २ निर्धारण
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद सेयर बिक्रीको प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। त्यसैले, जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरूमात्रै हकप्रद सेयर भर्न योग्य हुनेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। यस सेयर बिक्रीको प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ। हकप्रद सेयर निष्कासनपछि छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।
रिलायन्स स्पिनिङ मिल्स : तेस्रो त्रैमाससम्म ३२ करोड नाफा, आइपीओ प्रक्रिया विवादमा रोक
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ११३२ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो। यसपटक सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा कम्पनीको मुनाफा उल्लेख्य रूपमा सुधार भएको देखिन्छ।
कम्पनीको सञ्चालन आम्दानी गत वर्षको ७ अर्ब २१ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३९ करोड १७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ४७ करोड २६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४२ लाख रुपैयाँ कायम भएको छ।
स्वास्थ्य बीमा अब डिजिटल : पेमेन्ट वालेट र आइपीएसमार्फत सजिलै अनलाइन नवीकरण
काठमाडौं — अबदेखि स्वास्थ्य बीमाको नवीकरण प्रक्रिया अझ सरल र सहज बन्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै गरेको नयाँ व्यवस्थाअनुसार, अब पेमेन्ट वालेट तथा जस्ता डिजिटल माध्यममार्फत बीमा नवीकरण गर्न सकिनेछ। बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेका अनुसार, यो सेवा नागरिक एपमार्फत लिंक गरेर सुरु गरिएको हो, जसले प्रयोगकर्तालाई मोबाइलमै सजिलै नवीकरण गर्न सक्ने सुविधा प्रदान गर्नेछ।
यस सुविधाले सेवाग्राहीलाई घरमै बसेर सेवा लिन सकिने डिजिटल पहुँच उपलब्ध गराउँछ, जुन विशेष गरी ग्रामीण तथा टाढा क्षेत्रका नागरिकहरूका लागि निकै उपयोगी हुने विश्वास गरिएको छ।
शेयर बजार : नेप्से परिसूचकमा ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा, १० अर्ब ५१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा आएको छ ।आज १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२७ वटा कम्पनीको सेयर भाउ बढेको छ भने १८ वटाको घटेको छ । एउटा सेयर मूल्य स्थिर छ । यस दिन १३ वटा उपसमूह बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ । यो समूह ५.५५ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूह ३।१३ प्रतिशतले बढेको छ । ५ समूह बाहेक अरु सबै सबइन्डेक्स २ प्रतिशत भन्दा धेरैले बढेका छन् । बुधबार फाइनान्स र हाइड्रोपावर समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
मानुषी लघुवित्त नाफामा फर्कियो, तेस्रो त्रैमासमा ९३ लाख नाफा, प्रतिसेयर आम्दानीमा उल्लेखनीय सुधार
काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ७२ लाख रुपैयाँ नोक्सानी बेहोरेको कम्पनीका लागि यो उल्लेखनीय सुधार हो।
नाफा वृद्धिको मुख्य कारणहरूमध्ये खुद ब्याज आम्दानीमा ३५.७१ प्रतिशतको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमी प्रमुख रहेका छन्।
खुद ब्याज आम्दानी ७ करोड ७ लाख रुपैयाँ पुगेको छ।
न्यादी हाइड्रोपावरले ३१ लाख कित्ता शेयर विक्री गर्ने, १५ दिनभित्र आवेदन दिन आग्रह
काठमाडौं ।न्यादी हाइड्रोपावर लिमिटेड ले ३१ लाख कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार, उक्त शेयरहरू हाल बुटवल पावर कम्पनी लिमिटेड को नाममा रहेका हुन्, जुन अब दोस्रो बजारमार्फत बिक्रीमा ल्याइनेछ।
कम्पनीले जानकारी गराएअनुसार, कुल १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता शेयर मध्ये ३१ लाख कित्ता मात्र अहिले विक्री गर्न लागिएको हो। यो निर्णयले कम्पनीको स्वामित्व संरचना र तरलता दुवैमा केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
श्रीजनशील लघुवित्तको नाफा २.७५%ले घट्यो, अन्य आम्दानीमा गिरावटले नाफामा दबाब
काठमाडौं ।श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २।७५ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो।
७ करोड ७८ लाख रुपैयाँ रहेको आम्दानी बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको हो।
फरवार्ड माइक्रोफाइनान्सको नाफा ६८.९६% ले घट्यो , प्रतिसेयर आम्दानी र नाफा दुवै घट्दा लगानीकर्तामा चिन्ता
काठमाडौं ।चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को नाफा ठूलो मात्रामा घटेको छ। कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार, खुद नाफा ६८.९६ प्रतिशतले घटेर ३ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तर केही वित्तीय सूचकहरू भने सुधारोन्मुख देखिएका छन्।
कम्पनीको खुद ब्याज आम्दानी ०.४० प्रतिशतले बढेर ८८ करोड १७ लाख रुपैयाँ पुगेको छ भने, सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।अघिल्लो वर्ष ८.२६ प्रतिशत रहेको खराब कर्जा अनुपात यस त्रैमासमा घटेर ५.८५ प्रतिशत मा झरेको छ, जसले व्यवस्थापनको कर्जा असुली क्षमता सुध्रिएको देखाउँछ।
रिलायबल नेपाल लाइफ इन्सुरेन्सले १२.६३ प्रतिशत लाभांश घोषणा
काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव पारित गरेको हो।
घोषित लाभांशमध्ये १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० रहेको कम्पनीले जानकारी दिएको छ। प्रस्तावित लाभांश बीमा क्षेत्रको नियामक निकाय, बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ।
कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना
नैरोबी ।केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।
केन्याली वाइल्डलाइफ सर्भिस(केडब्लुएस) ले चारै जनालाई ‘बायो पाइरेसी’मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ ।
बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन् ।
राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरु काउन्टीमा दुई हजार २४४ वटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको हो ।
बजाज नेपालले ह्विल अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सम्पन्न
काठमाडौं । बजाज नेपालले ह्विल अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो। यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ।
प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक,कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ। तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरुप १२ जना विजेता छनोट गरिएको छ। सम्मान स्वरुप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले रु. १०,००० बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ।
भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा
मुजफ्फराबाद ।भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ ।
दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ ।
उज्यालो दिने मालवस्तुको कारोबारमा दिलिपकुमार अग्रवाल एण्ड कम्पनीहरूको अँध्यारो कारोबार, अँध्यारो कारोबारबाट छोटो समयमै अग्रवालको अकूत सम्पत्ति, के हेर्दैछ सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग ?
काठमाडौँ । उज्यालो दिने मालवस्तुहरूको कारोबारमा दिलिपकुमार अग्रवाल एण्ड कम्पनीहरूको अँध्यारो कारोबार देखिएको छ ।काठमाडौँको भोटेबहालमा दिलिपकुमार अग्रवालले सञ्चालन गरेको जान्वी ग्रुप र त्यस अन्तर्गतका कम्पनीहरूले अँध्यारो कारोबार गरिरहेको कुरा बाहिर आएको हो ।
जान्वी ग्रुप अन्तर्गतका मित्तल ओभरसिज , जान्वी प्लास्टोक्याब, जान्वी मार्केटिङलगायत झण्डै आधा दर्जन कम्पनीहरूले इलेक्ट्रिकका विभिन्न मालवस्तुको कारोबारको नाममा अँध्यारो कारोबार गरिरहेको पाइएको हो । यसअघि पनि नयाँ सडक डटकमले जान्वी ग्रुप अन्तर्गतका कम्पनीहरूले इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स मालवस्तुको कारोबारमा ठुलो मात्रामा भन्सार/राजस्व छली गरेको समाचार बाहिर ल्याएको थियो ।
विभिन्न इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स मालवस्तुको कारोबारमा राजस्वका विभिन्न शीर्षकहरू छली गरेको प्रमाणसहित नयाँ सडकले बाहिर ल्याएपछि छटपटिएका दिलिपकुमार अग्रवालको एकपछि अर्को गर्दै अँध्यारो धन्धा बाहिर आएको हो ।
प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको (सवारी साधन ) बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गर्नुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij