Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

श्वेतगंगा हाइड्रोपावरले तेस्रो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ नाफा कमायो

श्वेतगंगा हाइड्रोपावरले तेस्रो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ नाफा कमायो

  • काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिना) मा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा रहेको थियो। यो सुधारको प्रमुख कारण विद्युत बिक्रीबाट हुने आम्दानीमा वृद्धि हुनु हो।

    कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय खर्च पनि उल्लेखनीय रूपमा घटेको छ — ४२ करोड ३२ लाख रुपैयाँबाट घटेर ३२ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी बढ्नु र खर्च घट्नुले कम्पनीलाई नाफामा सकारात्मक मोड ल्याएको देखिन्छ।

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ। तर, यसको रिटेन्ड अर्निङ ९जम्मा बाँकी नाफा० भने अझै पनि ३७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ, जुन अघिल्लो घाटा र व्ययको प्रभाव हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij