Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो,एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो,एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

  • काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । 

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । 

     

    बुधबार प्रतितोला सुन रु एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । 

     

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij