Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

छ्याङ्दी हाइड्रोपावरले ल्यायो शतप्रतिशत हकप्रद शेयर, बुक क्लोज मिति तय

छ्याङ्दी हाइड्रोपावरले ल्यायो शतप्रतिशत हकप्रद शेयर, बुक क्लोज मिति तय

  • काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आगामी जेठ २ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीले यसअघि वैशाख १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको स्वीकृति प्राप्त गरिसकेको थियो। यद्यपि, शेयर निष्कासनको मिति भने अझै तय गरिएको छैन।

    बुक क्लोजको आधारमा, जेठ १ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीका आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

    यस हकप्रद शेयरको विक्री तथा प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij