Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

लघुवित्त पीडितहरूले गरे माइतीघर मण्डलामा प्रदर्शन

लघुवित्त पीडितहरूले गरे माइतीघर मण्डलामा प्रदर्शन

  • काठमाडौँ । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सरकारले सम्झौता पूरा नगरेको भन्दै पीडितहरूले  प्रदर्शनमा आएको बताएका हुन् । देशभरका   विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले प्रदर्शन गरेका हुन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू चैतमा काठमाडौँ आएका थिए ।

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा काठमाडौँ आधारित आन्दोलन सुरु भएको थियो । गत चैतमा सरकार र लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घरोगी), वास्तविक पीडितहरूको कर्जा मिनाहा लगायतका विषयमा सहमति भएको थियो । 

    त्यसबेला भएको सहमतिमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने र समाधान गर्ने उल्लेख थियो । तर सहमति लत्त्याउँदै लघुवित्त संस्थाहरूले ऋणीलाई पुनः दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij