Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

अपर सोलु हाइड्रो इलेक्ट्रिकको नाफामा १९६% वृद्धि, विद्युत बिक्री बढ्दा र वित्तीय खर्च घट्दा सुधार

अपर सोलु हाइड्रो इलेक्ट्रिकको नाफामा १९६% वृद्धि, विद्युत बिक्री बढ्दा र वित्तीय खर्च घट्दा सुधार

  •  

    काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ करोड १४ लाख रुपैयाँ नाफाको तुलनामा १९६.१३ प्रतिशतले वृद्धि भएको हो।
    कम्पनीको विद्युत बिक्री आम्दानी ५५ करोड ४० लाख रुपैयाँबाट ५८ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जसले समग्र आम्दानीमा सकारात्मक प्रभाव पारेको छ।
    वित्तीय खर्च २८ करोड ६२ लाख रुपैयाँबाट घटेर २२ करोड ७ लाख ५२ हजार रुपैयाँमा झरेको छ, जसले नाफामा उल्लेखनीय सुधार ल्याएको छ।
    चुक्ता पुँजीस् १ अर्ब ३५ करोड रुपैयाँ

    जगेडा कोष: ४ करोड ७७ लाख रुपैयाँ

    प्रति सेयर आम्दानी : ३.१० रुपैयाँ

    प्रति सेयर नेटवर्थ: १०३.५४ रुपैयाँ

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij