Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

एनआइसी एसिया लघुवित्तको तेस्रो त्रैमासिक नाफा १२.९८ लाख, वितरणयोग्य नाफामा ८४% गिरावट

एनआइसी एसिया लघुवित्तको तेस्रो त्रैमासिक नाफा १२.९८ लाख, वितरणयोग्य नाफामा ८४% गिरावट

  •  

    काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले १२ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यस त्रैमासमा खुद ब्याज आम्दानी अघिल्लो वर्षको ६२ करोड ७२ लाख रुपैयाँबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। यद्यपि ६ करोड ५२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स हुनु सकारात्मक पक्ष मानिन्छ। संस्थाको सञ्चालन खर्च भने ५१ करोड ८ लाख रुपैयाँबाट बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

    लघुवित्तको वितरणयोग्य नाफा यस त्रैमासमा ३ करोड ७ लाख रुपैयाँ मात्र रहेको छ, जुन गत वर्षको तुलनामा ८४.१५ प्रतिशतले घटेको हो।

    संस्थाको चुक्ता पुँजी हाल १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ सञ्चित छ। प्रति शेयर आम्दानी  वार्षिक रूपमा १० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ।

    तर, संस्थाको गैर(सञ्चलनशील ऋण  अनुपात १३.५५ प्रतिशत पुगेको छ, जुन लघुवित्तका लागि चिन्ताजनक मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij