Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

समता लघुवित्तको नाफामा १३% गिरावट, ब्याज आम्दानी बढ्दापनि इम्पेयरमेन्ट चार्जले दबाब

समता लघुवित्तको नाफामा १३% गिरावट, ब्याज आम्दानी बढ्दापनि इम्पेयरमेन्ट चार्जले दबाब

  •  

    काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३ करोड ७ हजार रुपैयाँ नाफाको तुलनामा १३.०४ प्रतिशतले कम हो।

    यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा १४ करोड ५१ लाख रुपैयाँबाट बढेर २० करोड ८५ लाख रुपैयाँ पुगेको छ। तर, २ करोड ४८ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज छुट्याउनु परेको कारणले नाफा घटेको हो। अघिल्लो वर्ष संस्थाले उक्त चार्ज रिभर्स गरेको थियो।

    संस्थाको वितरणयोग्य नाफा हाल १ करोड ३७ लाख रुपैयाँ रहेको छ।

    हाल चुक्ता पुँजी ६२ करोड ९० लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

    प्रति शेयर आम्दानी वार्षिक रूपमा ५.५४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.४६ रुपैयाँ पुगेको छ।

    तर, गैर(सञ्चलनशील ऋण दर ६.५३ प्रतिशत पुगेको छ, जुन लघुवित्तका लागि सामान्यभन्दा माथिको स्तर मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij