Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

माउन्टेन इनर्जीको नाफा ५०.४४% ले वृद्धि, विद्युत बिक्री र बिमा आयले सुधार

माउन्टेन इनर्जीको नाफा ५०.४४% ले वृद्धि, विद्युत बिक्री र बिमा आयले सुधार

  •  

    काठमाडौं ।माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको ३० करोड ९१ लाख रुपैयाँ नाफाको तुलनामा ५०।४४ प्रतिशतले बढी हो, जसले कम्पनीको आर्थिक सुधार संकेत गर्दछ।

    यस त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ करोड १ लाख रुपैयाँबाट बढेर ९२ करोड २७ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय खर्च पनि २० करोड ७८ लाख रुपैयाँबाट घटेर १८ करोड १७ लाख रुपैयाँमा झरेको छ।

    थप रूपमा, कम्पनीले बिमा दाबीबाट ८ करोड ५६ लाख रुपैयाँको आय समेत प्राप्त गरेको छ। आम्दानीमा वृद्धि र खर्चमा कटौती भएका कारण नाफामा उल्लेखनीय सुधार आएको हो।

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

    प्रति शेयर आम्दानी  १७.८७ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४५.८७ रुपैयाँ पुगेको छ, जुन लगानीकर्ताका लागि आकर्षक सूचक हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij