Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

  •  
    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताउनुभएको छ । यसले जनतामा निराशा पैदा गरेको उहाँले उल्लेख गर्नुभयो । 
     
    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।” 
     
    फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो । बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेकामा उहाँले आपत्ती व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रममा युवालाई रोजगारी सिर्जना गर्ने कुनै पनि कार्यक्रम समावेश नगरिएको उहाँले टिप्पणी गर्नुभयो । 
     
    सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताउनुभयो । “विभिन्न जातजातिबीच द्वन्द्व छ, यतिबेला संस्थाका असक्षमता र कुशासनलाई सच्याउने ठोस योजना लिएर नीति तथा कार्यक्रम आउन सकेन, आम जनताको जीविकोपार्जनमा देखिएका समस्या समाधान गर्नेगरी यो नीति तथा कार्यक्रम आउन सकेन”, उहाँले भन्नुभयो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij