Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेप्सेमा नेपाल लाइफ इन्सुरेन्स र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा नेपाल लाइफ इन्सुरेन्स र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।

    नेपाल लाइफ इन्सुरेन्सको १० प्रतिशत बोनस सेयर सूचीकृत
    नेपाल लाइफ इन्सुरेन्स कम्पनीको कुल ८२ लाख ७ हजार ९६६.५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसको सूचीकरण शुक्रबार सम्पन्न भएको हो।

    आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत
    शुक्रबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij