
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २६ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति सार्वजनिक गरेको छ। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ६ गतेलाई बुक क्लोज मिति निर्धारण गरेको हो।
यस अनुसार जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयर आवेदन दिन योग्य हुनेछन्।
१:१ अनुपातमा हकप्रद सेयर निष्कासन
नेपाल धितोपत्र बोर्ड ले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइसकेको छ।
नेप्सेमा नेपाल लाइफ इन्सुरेन्स र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।
नेपाल लाइफ इन्सुरेन्सको १० प्रतिशत बोनस सेयर सूचीकृत
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको कुल ८२ लाख ७ हजार ९६६.५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसको सूचीकरण शुक्रबार सम्पन्न भएको हो।
एसियन लाइफ इन्सुरेन्सलाई ४२% हकप्रद सेयर बिक्रीको अनुमति, चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्ने
काठमाडौं । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्नको लागि ८८नेपाल धितोपत्र बोर्ड (सेबोन)८८बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले १ः०.४२ अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँको दरमा, १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो।
यस अनुसार, कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर निष्काशन हुनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेड यो हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको रूपमा रहनेछ।
एनएमबि लघुवित्तको तेस्रो त्रैमासमा २ करोड ७५ लाख रुपैयाँ नाफा, गत वर्षको घाटाबाट सुधार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनी ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएपछि संस्थाको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको हो।
चैत मसान्तसम्म संस्थाले २७ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५८.८८ प्रतिशतले बढी हो। गत वर्ष यो आँकडा १७ करोड ५३ लाख रुपैयाँ थियो।
लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख २६ गते) बाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
माउन्टेन इनर्जीको नाफा ५०.४४% ले वृद्धि, विद्युत बिक्री र बिमा आयले सुधार
काठमाडौं ।माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको ३० करोड ९१ लाख रुपैयाँ नाफाको तुलनामा ५०।४४ प्रतिशतले बढी हो, जसले कम्पनीको आर्थिक सुधार संकेत गर्दछ।
यस त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ करोड १ लाख रुपैयाँबाट बढेर ९२ करोड २७ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय खर्च पनि २० करोड ७८ लाख रुपैयाँबाट घटेर १८ करोड १७ लाख रुपैयाँमा झरेको छ।
राप्ती हाइड्रोलाई १००% हकप्रद सेयर जारी गर्न अनुमति, पुँजी दोब्बर हुँदै
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। कम्पनीले १ः१ अनुपातमा, अर्थात् प्रत्येक सेयरधनीलाई बराबरको नयाँ सेयर दिने गरी, ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको हो। प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी गरेपछि यो पुँजी दोब्बर भएर १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ।
समता लघुवित्तको नाफामा १३% गिरावट, ब्याज आम्दानी बढ्दापनि इम्पेयरमेन्ट चार्जले दबाब
काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३ करोड ७ हजार रुपैयाँ नाफाको तुलनामा १३.०४ प्रतिशतले कम हो।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा १४ करोड ५१ लाख रुपैयाँबाट बढेर २० करोड ८५ लाख रुपैयाँ पुगेको छ। तर, २ करोड ४८ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज छुट्याउनु परेको कारणले नाफा घटेको हो। अघिल्लो वर्ष संस्थाले उक्त चार्ज रिभर्स गरेको थियो।
एनआइसी एसिया लघुवित्तको तेस्रो त्रैमासिक नाफा १२.९८ लाख, वितरणयोग्य नाफामा ८४% गिरावट
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले १२ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस त्रैमासमा खुद ब्याज आम्दानी अघिल्लो वर्षको ६२ करोड ७२ लाख रुपैयाँबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। यद्यपि ६ करोड ५२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स हुनु सकारात्मक पक्ष मानिन्छ। संस्थाको सञ्चालन खर्च भने ५१ करोड ८ लाख रुपैयाँबाट बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८३ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
आइपिएल एक हप्ताका लागि स्थगित
नयाँदिल्ली ।क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग ९आइपिएल० शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ ।
“प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भन्नुभयो, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।”
पोप लियोलाई चीनको बधाई, ‘रचनात्मक संवाद’ का लागि पहल हुनेमा विश्वास व्यक्त
बेइजिङ ।चीनले पोप लियो चौधौँ क्याथोलिक चर्चको प्रमुखमा निर्वाचित भएकामा शुक्रबार बधाई दिँदै भ्याटिकनसँग ’रचनात्मक संवाद’ जारी राख्ने आशा गरेको जनाएको छ ।
“नयाँ पोपको नेतृत्वमा भ्याटिकनले चीनसँग रचनात्मक संवाद जारी राख्ने र पारस्परिक चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूमा गहन संवाद सञ्चालन गर्ने आशा गरिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो ।
बेइजिङ र भ्याटिकनले संयुक्त रूपमा सम्बन्धको निरन्तर सुधारलाई बढावा दिन र विश्व शान्ति, स्थिरता र विकास समृद्धिमा योगदान दिन सक्ने आशा लिनले व्यक्त गर्नुभयो ।
शिकागोमा जन्मेका रोबर्ट फ्रान्सिस प्रेभोस्टलाई सिस्टिन च्यापलमा आयोजित गोप्य सम्मेलनपछि विश्वका एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीको नेतृत्वका लागि चयन गरिएको छ ।
युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन
काठमाडौँ।दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूआत गरेको हो । यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल भित्रिएको कम्पनीले उल्लेख गरेको छ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँ बत्तीसपुतलीमा सुरू भएको बिक्रीकक्षको आज उद्घाटन गर्दै नेपाली उपभोक्तामाझ दुबईको घरायसी विद्युतीय सामग्री भित्रिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले घरायसी इलेक्ट्रोनिक्स एप्लायन्सको गुणस्तर सुनिश्चित र उपभोक्ताको पहुँच अभिवृद्धि गर्न कम्पनीले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
दक्षिण एसियामा आणविक हतियारधारी छिमेकीद्वय भारत पाकिस्तान बीच विश्वको पहिलो ड्रोन युद्ध सुरु
काठमाडौँ ।दक्षिण एसियामा आणविक हतियारधारी छिमेकीहरू बीच विश्वको पहिलो ड्रोन युद्ध सुरु भएको छ।
बिहीबार, भारतले पाकिस्तानलाई भारतीय क्षेत्र र भारत प्रशासित कश्मीरमा रहेका तीन सैन्य अड्डाहरूमा ड्रोन र मिसाइलहरूको लहर प्रहार गरेको आरोप लगायो । त्यो आरोपलाई इस्लामाबादले तुरुन्तै अस्वीकार ग¥यो।
पाकिस्तानले हालैका केही घण्टामा २५ भारतीय ड्रोनहरू खसालेको दाबी गरेको छ। दिल्ली सार्वजनिक रूपमा मौन रह्यो। विज्ञहरू भन्छन् कि टाइट–फर–ट्याट आक्रमणहरूले दशकौं पुरानो प्रतिद्वन्द्वितामा खतरनाक नयाँ चरणलाई दर्शाउँछ । किनकि दुवै पक्षले अस्थिर सीमामा तोपखाना मात्र होइन तर मानवरहित हतियारहरूको आक्रमण प्रत्याक्रमण गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिँदै
दोधारा चाँदनी (कञ्चनपुर) । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख योगेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको छ । “बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन”, उहाँले भन्नुभयो, “२०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो । त्यसपछि मात्रै आयोजनाका लागि बजेट आउन थालेको हो ।”
महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न सर्वोच्चद्वारा बाटो खुला, अब एनआरएनएमा एक जना मात्रै अध्यक्ष
काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनद्वारा सर्वसम्मतिले निर्वाचित महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न सर्वोच्च अदालतले बाटो खुला गरी दिएको छ। महेश श्रेष्ठ भन्दा पहिले आफू निर्वाचित भएको र आफ्नो कार्यकाल अझै ५ महिना बाँकी रहेकोले महेश श्रेष्ठलाई तत्काल काम सुरु गर्न रोक लगाउने गरी अन्तरिम आदेशको माग सहितको रिट निवेदन लिएर बद्री केसी सर्वोच्च अदालत पुगेका थिए । तर उच्चस्तरीय समितिले सर्वोच्च अदालतको न्यायिक आदेशको कार्यान्वयन गर्दै सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित महेश श्रेष्ठलाई काम गर्न बन्देज लगाउने मागलाई अस्वीकार गर्दै बद्री केसीलाई खालि हात फर्काइदियो । यस अगाडी पनि एकता महाधिवेशन रोक्न माग गर्दै उच्च अदालत पाटन र सर्वोच्च अदालत पुगेका केसीलाई दुवै अदालतले महाधिवेशन रोक्ने आदेश नदिएर यसरी नै खालि हात पठाएका थिए ।
लहानका अधिकांश पसलको व्यवसाय दर्ता, नवीकरण , खरिद बिक्रीको बिजबिजक तथा मूल्यसूची नभएको भेटियो
सिरहा।सिरहाको लहान बजारमा संचालित अधिकांश पसलको व्यवसाय दर्ता, नवीकरण , खरिद बिक्रीको बिजबिजक तथा मूल्यसूची नभएको भेटिएको छ । इलाका प्रशासन कार्यालय लहान तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको संयुक्त बजार अनुगमनका क्रममा लहान बजारका अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिजबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको हो।
अनुगमन टोलीले यस्ता पसललाई जरिवाना र सामान्य चेतावनीसहित सचेत गराएका छ्न। अनुगमन क्रममा अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई रू १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार जरिवाना तोकेका छ्न। त्यस्तै महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटकलाई सामान्य चेतावनीसहित सचेत गराएका छ्न। साथै यी पसलका सञ्चालनकलाई तीन दिनभित्र पसलमा मूल्यसूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन अनुगमन टोलिले निर्देशन दिइएको छ ।
बजाज ग्रान्ड एक्सचेन्ज मेला: नागरिकता मात्रैले पाउनुहोस् नयाँ बाइक, थप रु. १०,००० भ्यालुएसन र खुशीको मिटरबाट उपहार!
विराटनगर, २६ वैशाख । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ। कम्पनीले यही २०८२ वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म महाबिर चोक (धरान रोड), विराटनगरमा आयोजना हुने यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् , ०% सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
डेडिकेटेड लाइन महसुल विवादका लागि उद्योगलाई प्रशासकीय पुरावेदनका लागि म्याद जेठसम्म थपियो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीलाई प्रशासकीय पुनरावेदनका लागि म्याद थपिदिएको छ।प्राधिकरणले महसुल नतिरेका उद्योगहरुलाई प्रशासकीय पुनरावेदन गर्न जेठ मसान्तसम्मको समय दिएको हो।
प्राधिकरणले ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लानबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपयोग गरी विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुले २०८२ जेठ मसान्तसम्म प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम महसुल रकमको ५ प्रतिशत बराबरको रकम वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरोटीबापत जम्मा गरी विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको मिति २०८७÷०१÷२१ को निर्णय अनुसार सम्पूर्णमा जानकारी गराइन्छ,’ भनेको छ।
तोलामा ४सय घटेर बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ८०० कायम
काठमाडौँ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ । बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मौसम पूर्वानुमान: पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij