Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक

टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक

  • पोखरा ।नेपालकै भजन इतिहासमा पहिलोपटक एक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको भावनात्मक स्वरमा रेकर्ड गरिएको यस भजनले सरकारी प्रशासन, धर्म र सांगीतिक सिर्जनाबीचको दुर्लभ समन्वय प्रस्तुत गरेको छ।दिउँसो १:१५ बजे “बिष्णु माया पौडेल युट्युब च्यानल” मार्फत सार्वजनिक गरिएको यस भिडियोले संगीत, अध्यात्म र सामाजिक भावनालाई एउटै धारमा जोडेको छ।

    tokha1.jpeg

    भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीले गरेका हुन्। गायनमा बिसीसँगै रेड मिडियाकी प्रधान सम्पादक बिष्णु माया पौडेल, कोरसमा आरबी केसी र हेमन्त भट्टराईको सहभागिता रहेको छ।

    करिब ८ मिनेट ५० सेकेन्ड लामो यस भजन भिडियोमा कमल ढकालको मुख्य अभिनय रहेको छ, जसले रामभक्तिको आध्यात्मिक रूपान्तरणको कथावाचन गर्छ। छायांकन पोखरा, जनकपुर र काठमाडौंको बत्तिसपुतली श्रीराम मन्दिरमा गरिएको हो। भिडियोमा हेलियम क्यामरा प्रविधिको प्रयोग गरिएको छ, जसले नेपाली भजन भिडियोको दृश्यगत स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ।

    कोरियोग्राफी एसके श्रेष्ठ, सम्पादन टेकेन्द्र साह, र निर्देशन पक्षले भिडियोको सम्पूर्ण दृश्यलाई नाटकीय र भावनात्मक बनाएको छ।भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। कार्यक्रममा अन्तर्राष्ट्रिय श्रीमद्भागवत वाचिका देवी प्रतिभाको कथा वाचन, उपस्थित आशिर्वाद दृश्यसमेत भिडियोमै समावेश गरिएको छ।

    निर्माताका अनुसार, यो भजन नेपाली भजन इतिहासमै सबैभन्दा धेरै लगानीमा निर्माण गरिएको भिडियो हो। यसको उद्देश्य युवापुस्तालाई अध्यात्मतर्फ आकर्षित गर्नु, धार्मिक चेतना फैलाउनु, र नेपाली धार्मिक संगीतमा ऐतिहासिक छाप छोड्नु रहेको बताइएको छ।प्रशासकको स्वरमार्फत भक्ति प्रस्तुत हुनुले सरकार, धर्म र जनभावनाबीचको दूरी घटाउने र सेवाप्रतिको समर्पणलाई संगीतमार्फत अभिव्यक्त गर्ने एक नवीन अभ्यासको सुरुवात भएको सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij