Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सगरमाथा जलविद्युत कम्पनीको नाफा ३९% ले घट्यो, आम्दानीमा कमी मुख्य कारण

सगरमाथा जलविद्युत कम्पनीको नाफा ३९% ले घट्यो, आम्दानीमा कमी मुख्य कारण

  •  

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.१३ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले सो अवधिमा ५ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    नाफा घट्नुको प्रमुख कारण विद्युत बिक्रीबाट प्राप्त आम्दानीमा आएको गिरावट हो। अघिल्लो वर्षको १९ करोड ८९ लाख आम्दानी घटेर यस वर्ष १७ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च भने घटेर ८ करोड ६ लाखबाट ७ करोड ९ लाख रुपैयाँमा झरेको छ, जसले आंशिक राहत दिएको छ।

    कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्स ८ करोड ५१ लाख रुपैयाँ छ। प्रति शेयर आम्दानी  ३.७० रुपैयाँ र प्रति शेयर नेटवर्थ १०७.२६ रुपैयाँ कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij