Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

एचआइडीसीएलको नाफामा ३३% गिरावट, वित्तीय आम्दानी घट्दा दबाब

एचआइडीसीएलको नाफामा ३३% गिरावट, वित्तीय आम्दानी घट्दा दबाब

  •  

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७२ करोड ८९ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यसपालि ३३।१५ प्रतिशतले घटेको हो।

    नाफा घट्नुको मुख्य कारण कम्पनीको वित्तीय आम्दानीमा आएको उल्लेख्य गिरावट हो। अघिल्लो वर्ष १ अर्ब ५८ करोड ११ लाख रुपैयाँ रहेको वित्तीय आम्दानी घटेर यस त्रैमासमा १ अर्ब ५ करोड ७३ लाख रुपैयाँमा झरेको छ।

    यसबीचमा कम्पनीको वित्तीय खर्च ४७ लाख ९० हजार रुपैयाँ पुगेको छ। एचआइडीसीएलको चुक्ता पुँजी २४ अर्ब ५५ करोड ९८ लाख १३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ।

    कम्पनीको प्रति शेयर आम्दानी  ३.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११४.७८ रुपैयाँ कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij