Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

युनिलिभर नेपालको नाफा थोरै घट्यो, आम्दानीमा कमी र खर्चमा वृद्धिले दबाब

युनिलिभर नेपालको नाफा थोरै घट्यो, आम्दानीमा कमी र खर्चमा वृद्धिले दबाब

  •  

    काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०।८० प्रतिशतले कम हो। गत वर्ष सो अवधिमा कम्पनीले ४८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    नाफा थोरै घट्नुको मुख्य कारण कम्पनीको सञ्चालन आम्दानीमा आएको कमी र वित्तीय खर्चको वृद्धि हो। अघिल्लो वर्ष १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ रहेको आम्दानी घटेर १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँमा झरेको छ। उता, वित्तीय खर्च १२ करोड ८८ लाखबाट बढेर १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

    ९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभर नेपालको रिटेन्ड अर्निङ्स ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी  २,०७४ रुपैयाँ र प्रति शेयर नेटवर्थ ४,५९३ रुपैयाँ रहेको छ, जसले कम्पनीको वित्तीय आधार बलियो रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij