Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पिपुल्स पावरको नाफा ३६% घट्यो, आम्दानी घट्दा दबाब—हकप्रद सेयर ल्याउने तयारी

पिपुल्स पावरको नाफा ३६% घट्यो, आम्दानी घट्दा दबाब—हकप्रद सेयर ल्याउने तयारी

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६।७६ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले सो अवधिमा १ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    नाफा घट्नुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा आएको गिरावट हो। गत वर्ष ८ करोड १४ लाख रुपैयाँ आम्दानी यस त्रैमासमा घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च २ करोड ९६ लाखबाट घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ, जसले आंशिक राहत दिएको छ।

    ६३ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष भने १ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा पुगेको छ। प्रति शेयर आम्दानी  १.२३ रुपैयाँ र प्रति शेयर नेटवर्थ ९८.०२ रुपैयाँ रहेको छ।

    कम्पनीले वित्तीय स्थितिलाई सुदृढ पार्न ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ, जसले पूँजी संरचनामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij