Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न  शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत  पक्राउ

तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न  शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत  पक्राउ

  • काठमाडौँ ।  प्रहरीले  राजावादीले गरेको आयोजनामा भएको  तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न  शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई  पक्राउ गरेको  छ  ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुकेधाराबाट उनलाई पक्राउ गरिएको  जानकारी सार्वजनिक गरेका हुन् ।

    तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न बस्नेत विरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि उनी  फरार भएका थिए ।तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलगायत राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

    राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै, सरकारी कार्यालय र गाडीमा  आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij