Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सोनापुर मिनरल्सको नोक्सानी घट्यो, तेस्रो त्रैमासमा ७ करोड ५९ लाख घाटा

सोनापुर मिनरल्सको नोक्सानी घट्यो, तेस्रो त्रैमासमा ७ करोड ५९ लाख घाटा

  • काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ८० लाख रुपैयाँ घाटा बेहोरेको कम्पनीले यसपालि घाटा उल्लेखनीय रूपमा कम गर्न सफल भएको छ।

    सिमेन्ट बिक्रीबाट हुने आम्दानीमा सुधार आएको कारण घाटा घटेको हो। कम्पनीको सिमेन्ट बिक्री आम्दानी अघिल्लो वर्षको १ अर्ब १७ करोड रुपैयाँबाट बढेर यस त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ।

    यद्यपि, कम्पनीको वित्तीय खर्च भने बढेको छ। अघिल्लो वर्ष २० करोड १९ लाख रुपैयाँ खर्च भएकोमा यसपालि २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

    सोनापुरको हालको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ छ। जगेडा कोषमा ९८ करोड ६८ लाख रुपैयाँ र सेयर प्रिमियम खातामा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। हाल यसको प्रतिसेयर आम्दानी  ऋणात्मक २।४७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५.८६ रुपैयाँ कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij