Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

मिड सोलु हाइड्रोपावरको नाफामा ३०३% वृद्धि, प्रतिसेयर आम्दानी १५.५२ रुपैयाँ

मिड सोलु हाइड्रोपावरको नाफामा ३०३% वृद्धि, प्रतिसेयर आम्दानी १५.५२ रुपैयाँ

  • काठमाडौं — मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०३.०२९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यो कम्पनीले २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको नाफामा सुधार आउनुको मुख्य कारण विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि हो। आम्दानी २० करोड ३८ लाख रुपैयाँबाट बढेर २४ करोड १२ लाख रुपैयाँमा पुगेको छ। साथै, वित्तीय खर्च पनि १० करोड ९२ लाख रुपैयाँबाट घटेर ७ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा थप योगदान पुर्‍याएको हो।

    हाल मिड सोलु हाइड्रोपावरको चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० करोड ५९ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी  वार्षिक आधारमा १५.५२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ कायम छ, जुन यसको वित्तीय अवस्था सुदृढ हुँदै गएको संकेत हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij