Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

समृद्धि फाइनान्सले ११ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

समृद्धि फाइनान्सले ११ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी सार्वजनिक सूचना प्रकाशित गरेको छ।

    शेयर खरीदमा इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मकवानपुर, हेटौंडामा पुगेर आवेदन दिनुपर्नेछ।

    कम्पनीका अनुसार तोकिएको समयावधिमा सम्पूर्ण शेयर विद्यमान संस्थापकहरूमा विक्री नभएमा अन्य व्यक्ति वा संस्थालाई विक्री प्रक्रिया अघि बढाइनेछ। यो प्रक्रियाबाट कम्पनीले शेयर स्वामित्व व्यवस्थापनलाई थप पारदर्शी बनाउन खोजेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij