Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

कालिन्चोक दर्शन लिमिटेडको नाफामा २५%भन्दा बढी गिरावट, आम्दानीमा कमी मुख्य कारण

कालिन्चोक दर्शन लिमिटेडको नाफामा २५%भन्दा बढी गिरावट, आम्दानीमा कमी मुख्य कारण

  • काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २५.२७ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको सञ्चालन आम्दानी पनि घटेको छ। गत वर्ष ६ करोड ९३ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु त्रैमासमा घटेर ५ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा प्रत्यक्ष असर पारेको हो।

    तर, सकारात्मक पक्षको रुपमा हेर्दा, कम्पनीको वित्तीय खर्च भने घटेको देखिन्छ। अघिल्लो वर्ष १ करोड ५० लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु त्रैमासमा घटेर ७७ लाख २२ हजार रुपैयाँमा झरेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड २७ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी  ४.१४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०३.८० रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij