Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

हिमालयन एभरेष्ट इन्सुरेन्सको नाफामा ४५% गिरावट, खर्च वृद्धि मुख्य कारण

हिमालयन एभरेष्ट इन्सुरेन्सको नाफामा ४५% गिरावट, खर्च वृद्धि मुख्य कारण

  • काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनीको खुद नाफा ४५.२० प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यद्यपि कम्पनीले खुद बिमा शुल्क आम्दानीमा उल्लेखनीय वृद्धि गर्न सफल भएको छ। उक्त अवधि भित्र आम्दानी ४८.२६ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। तर, आम्दानीको वृद्धिसँगै कम्पनीको कुल खर्च पनि ४८.२१ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेपछि नाफामा दबाब परेको हो। अघिल्लो वर्ष सोही अवधिमा खर्च ८७ करोड ९९ लाख रुपैयाँ मात्र थियो।

    चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ (जगेडा मुनाफा) २४ करोड रुपैयाँ रहेको छ।

    त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी  १७ रुपैयाँ ७३ पैसा कायम भएको छ भने प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ ४६ पैसा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij