Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

युनाइटेड अजोड इन्सुरेन्सको नाफा ५७% भन्दा धेरैले घट्यो, आम्दानीका सबै मुख्य स्रोतमा गिरावट

युनाइटेड अजोड इन्सुरेन्सको नाफा ५७% भन्दा धेरैले घट्यो, आम्दानीका सबै मुख्य स्रोतमा गिरावट

  • काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा ५७.६५ प्रतिशतले घटेर ११ करोड ६१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    नाफामा आएको गिरावटको प्रमुख कारण कम्पनीका प्रमुख आम्दानी स्रोतहरूमा आएको कमी हो।

    लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.४१ प्रतिशतले घटेर १७ करोड ६२ लाख रुपैयाँमा झरेको छ।

    कमिसन आम्दानी पनि १०.३३ प्रतिशतले घटेको छ।

    त्यस्तै, खुद बिमा शुल्क आर्जन ८.१६ प्रतिशतले घटेर ७२ करोड रुपैयाँमा सीमित भएको छ।

    चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ (जगेडा मुनाफा) १६ करोड ५८ लाख रुपैयाँ रहेको छ।

    नाफा घटेपछि प्रति शेयर आम्दानी पनि घटेको देखिन्छ। अघिल्लो त्रैमासको तुलनामा १० रुपैयाँ ०४ पैसाले घट्दै भ्एक् ७ रुपैयाँ ३७ पैसा कायम भएको छ। यद्यपि, कम्पनीको प्रति शेयर नेटवर्थ अझै बलियो अवस्थामा रहेको छ, जुन १८९ रुपैयाँ ५९ पैसा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij