
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ७५ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ। यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो, किनभने गत वर्ष सोही समयमा कम्पनीले १४ करोड २ लाख रुपैयाँ नोक्सान ब्यहोरेको थियो।
कम्पनीले आम्दानी बढाउनुका साथै खर्चमा नियन्त्रण गरेपछि नोक्सानीमा उल्लेख्य कमी आएको हो। चालु त्रैमासमा व्यवसाय सञ्चालन र अन्य स्रोतबाट २ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ। साथै, वित्तीय लागत ५५.२९ प्रतिशतले घटेर ३ करोड ६६ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ८ करोड २० लाख रुपैयाँ थियो।
यसको परिणामस्वरूप, कम्पनीको कुल खर्च ३७.३७ प्रतिशतले घटेर ९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
वित्तीय सूचकहरूमध्ये, कम्पनी अहिले प्रति शेयर नोक्सानी ९.८० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७२.११ रुपैयाँ कायम रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij