Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

विजय लघुवित्तको नाफामा १३५% भन्दा बढी उछाल, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

विजय लघुवित्तको नाफामा १३५% भन्दा बढी उछाल, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

  • काठमाडौं ।विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३५।३९ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।नाफामा देखिएको सुधारको मुख्य कारण कम्पनीको ब्याज आम्दानी र सञ्चालन नाफामा भएको उल्लेख्य वृद्धि हो।
    विजय लघुवित्तले चैत मसान्तसम्ममा ४४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५३.४९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा यो आम्दानी २८ करोड ६७ लाख रुपैयाँ थियो।विजय लघुवित्तले तेस्रो त्रैमाससम्ममा ११ करोड ८२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ५ करोड ८८ लाख रुपैयाँको तुलनामा १००।८४ प्रतिशतले वृद्धि भएको हो। सञ्चालन नाफाको यस्तो तीव्र वृद्धिले कम्पनीको आन्तरिक कार्यसम्पादनमा उल्लेख्य सुधार देखिएको संकेत गर्छ।

    आर्थिक सूचकहरू सुदृढ, तर एनपीएलमा सुधार आवश्यक
    चुक्ता पुँजी: ७४ करोड ५० लाख ४० हजार रुपैयाँ

    जगेडा कोष: ४९ करोड ६१ लाख रुपैयाँ

    प्रति सेयर आम्दानी : १३.९७ रुपैयाँ (वार्षिक), अघिल्लो वर्षको ५।९४ रुपैयाँको तुलनामा झन्डै दोब्बर

    प्रति सेयर नेटवर्थ: १५९.६४ रुपैयाँ

    गैर-सञ्चलनयोग्य कर्जा : ८.११५ बाट बढेर ९.५३५ मा

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij