Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ

  • वासिङ्टन ।कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताउनुभएको छ । 

    उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताउनुभयो । 

    कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । 

    ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेटको डेलिभरीमा धेरै ढिलो हुने सङ्केत गर्दै लेख्नुभएको छ, “बोइङ ७४७ अमेरिकी वायु सेनाररक्षा मन्त्रालयलाई दिइँदैछ, मलाई होइन । यो एउटा राष्ट्र कतारको अमेरिकालाई उपहार हो, जसलाई हामीले वर्षौँदेखि सफलतापूर्वक प्रतिरक्षा गर्दै आएका छौँ । यसलाई हाम्रो सरकारले नयाँ बोइङहरू नआउँदासम्म अस्थायी एयर फोर्स वनको रूपमा प्रयोग गर्नेछ ।” 

    उहाँले भन्नुभयो, “हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् किन करोडौं डलर खर्चिनुुपर्‍यो ।” 

    उहाँले भन्नुभएको छ, “हामीलाई राम्रो कामको लागि जसले इनाम दिन चाहन्छ। त्यो नस्वीकार्ने मूर्खले मात्र हो ।” 

    द हिलका अनुसार कतारको शाही परिवारले संयुक्त राज्य अमेरिकालाई उपहारको रूपमा प्रस्ताव गरेको विमानको मूल्य ४० करोड अमेरिकी डलर अनुमान गरिएको छ । 

    अमेरिकी राष्ट्रपतिले कतारबाट उपहारस्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायबाट सामाजिक सञ्जालमार्फत् उक्त निर्णयप्रति आश्चर्य व्यक्त गर्दै निर्णयको आलोचना गरेका छन् । 

    ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एयर फोर्स वानका रुपमा सेवा गर्न उपहारस्वरुप स्वीकार गर्ने सम्बन्धी कानूनी विवरणलाई अन्तिम रुप दिन लागिएको सोमबार पुष्टि गर्नुभएको थियो । 

    लेभिटले सरकारलाई कुनै पनि प्रकारको चन्दा वा उपहार कानूनको पूर्ण पालना गर्दै स्वीकार गरिने बताउनु्भएको थियो । 

    सीएनएनले उहाँलाई उद्धृत गर्दै दिएको रिपोर्टमा भनिएको छ, “सरकारलाई आउने कुनै पनि सहयोग जहिले पनि कानूनको पूर्ण पालनामा गरिन्छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij