Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

दोल्ती पावरको नोक्सानी घट्यो, तेस्रो त्रैमासमा १ करोड ३३ लाखको घाटा

दोल्ती पावरको नोक्सानी घट्यो, तेस्रो त्रैमासमा १ करोड ३३ लाखको घाटा

  •  

    काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। सो अनुसार कम्पनीको नोक्सानी करिब १ करोड ९० लाख रुपैयाँले घटेको छ।

    आर्थिक सूचकहरू अनुसार, विद्युत बिक्रीबाट प्राप्त आम्दानी ६ करोड ८५ लाख रुपैयाँबाट वृद्धि भएर ६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, वित्तीय खर्चमा उल्लेखनीय गिरावट आएको छ—अघिल्लो वर्ष ६ करोड ९९ लाख रुपैयाँ रहेको खर्च यो त्रैमासमा ४ करोड ४६ लाख रुपैयाँमा झरेको छ। खर्च घटेकै कारण कम्पनीको नोक्सानीमा सुधार आएको विश्लेषण गरिएको छ।

    ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको दोल्ती पावरको जगेडा कोष भने २० करोड ९४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। कम्पनीको प्रतिसेयर आम्दानी  हाल नकारात्मक २।४९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६०.९६ रुपैयाँ कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij