Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सर्वोत्तम सिमेन्टको नाफामा ३९९% वृद्धि, प्रतिसेयर आम्दानी १६.१६ रुपैयाँ पुग्यो

सर्वोत्तम सिमेन्टको नाफामा ३९९% वृद्धि, प्रतिसेयर आम्दानी १६.१६ रुपैयाँ पुग्यो

  •  

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यो अवधिमा रु ६० करोड ३० लाख खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु १२ करोड ७ लाख नाफाको तुलनामा ३९९.३३ प्रतिशतले वृद्धि भएको हो।

    कम्पनीको सञ्चालन आम्दानी रु ४ अर्ब ५५ करोड बाट बढेर रु ६ अर्ब ८१ करोड पुगेको छ, जसले नाफामा उल्लेखनीय वृद्धि ल्याएको हो। साथै, वित्तीय खर्च पनि रु ३० करोड ४७ लाख बाट घटेर रु २२ करोड ७० लाख मा झरेको छ, जसले मुनाफा थप बढाउन सहयोग पुर्‍याएको छ।

    कम्पनीको हालको चुक्ता पुँजी रु ४ अर्ब ९७ करोड ५५ लाख रहेको छ भने अन्य इक्विटी रु ४ अर्ब ३३ करोड मा पुगेको छ। नाफासँगै प्रति शेयर आम्दानी  रु १२।७० ले बढेर रु १६.१६ मा पुगेको छ। प्रति शेयर नेटवर्थ  भने रु १९३.९३ कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij