Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

  •  

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गते देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन  मार्फत सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य रु २४ करोड १५ लाख ३० हजार बराबर हुनेछ।

    यसअघि कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँ को १० प्रतिशत, अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयहरूलाई बिक्री गरिसकेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

    सार्वसाधारणले यो आइपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा आवेदन दिने अवधि जेठ २३ गतेसम्म लम्ब्याइनेछ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया सी–आस्वा स्वीकृत बैंक तथा वित्तीय संस्था, साथै मेरो सेयर मार्फत गर्न सकिनेछ।

    केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई प्रदान गरेको छ, जसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij