Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

केस्ट्र माइक्रो लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २३ गते

केस्ट्र माइक्रो लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २३ गते

  •  

    काठमाडौं ।  केस्ट्र माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले जेठ २३ गते वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बिरेन्द्रनगर–६, सुर्खेतमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय प्रतिवेदनहरूमा छलफल गरिनेछ। साथै, सभाले दुई जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरूमा निर्णय गर्नेछ।

    हालसम्म कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।

    सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ ८ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij