Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

दोर्दी खोला जलविद्युतको १००% हकप्रद सेयर बाँडफाँट, बिक्री नभएका सेयर लिलामीमा जाने

दोर्दी खोला जलविद्युतको १००% हकप्रद सेयर बाँडफाँट, बिक्री नभएका सेयर लिलामीमा जाने

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले १:१ अनुपातमा जारी गरेका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयरमध्ये ८५ लाख ९५ हजार ९२८ कित्ता सेयरका लागि मात्र आवेदन परेको छ।

    यसअनुसार, १९ लाख ४६ हजार ६७६ कित्ता सेयर बिक्री नभएर बाँकी रहेको छ। कम्पनीले अब ती बाँकी सेयरहरू लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको छ।

    यो हकप्रद सेयर कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म बिक्री खुला गरेको थियो। बिक्री अपूरा भएपछि कम्पनीले पुनः वैशाख १२ गतेदेखि १४ गतेसम्मका लागि दोस्रो चरणमा सेयर बिक्री खुला गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij