Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

फरवार्ड माइक्रोफाइनान्सद्वारा ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सद्वारा ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    कम्पनीले उक्त सेयरको मूल्य तोकेको छैन। कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्ने छन्। इच्छुक संस्थापकहरूले जेठ १ गते ९बिहीबार० बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

    बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    उक्त अवधिमा कुनै संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij