Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

स्वावलम्बन लघुवित्तद्वारा ८४,०६५ कित्ता संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ

स्वावलम्बन लघुवित्तद्वारा ८४,०६५ कित्ता संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ

  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको कुल ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।

    कम्पनीले यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ निर्धारण गरेको छ। बिक्री खुला गरिएको सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ। निर्धारित समयसीमा भित्र कुनै पनि संस्थापक सेयरधनीको आवेदन नपरेमा, कम्पनीले ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सक्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij