Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

गभर्नर नियुक्ति केही दिनभित्रै : सञ्चारमन्त्री गुरुङ

गभर्नर नियुक्ति केही दिनभित्रै : सञ्चारमन्त्री गुरुङ

  •  

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै हुने बताउनुभएको छ । 

     

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गत वैशाख ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “सरकारले अब केही दिनमै गभर्नर नियुक्ति गर्छ ।” 

     

    नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नामावली सिफारिस गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा ९२० अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनका क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट डा पोषराज पाण्डे सदस्य रहने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो । 

     

    यसैगरी यही जेठ ५ देखि ७ गतेसम्म रुसमा सञ्चालन हुने १३औँ ‘सेन्ट पेटेरर्सवर्ग इन्टरनेशनल लिगल फोरम’मा महान्यायाधिवक्ता रमेश बडाल र नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने तथा नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिका लागि सिफारिस गर्न गत चैत ११ गते गठित सिफारिस समिति विघटन गर्ने सरकारले निर्णय गरेको उहाँले बताउनुभयो । 

     

    यस्तै आगामी असार ९ देखि १३ गतेसम्म चीनमा आयोजना हुने सङ्घाइ कर्पोरेसन अर्गनाइजेसन ९एससिओ० इनर्जी मिनिस्ट्री’को बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने, नेपालको राष्ट्रिय न्यायिक प्रतिष्ठान र भारतको राष्ट्रिय न्यायिक प्रतिष्ठानबीच हस्ताक्षर हुने न्यायाधीश तथा न्याय सेवाका अधिकृतको तालिम तथा क्षमता अभिवृद्धि गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षता मिलाई हस्ताक्षर गर्न नेपालको राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई अख्तियारी प्रदान गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा सङ्खुवासभाका महेश थापालाई नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

     

    यसैगरी आयोगको सदस्यमा जाजरकोटका अच्युतप्रसाद भण्डारी, पाँचथरका डा टीकाप्रसाद ढकाल, जुम्लाका पदमबहादुर शाही र कञ्चनपुरकी कुमारी कौशल्या ओझालाई नियुक्ति गर्ने निर्णय गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तेह्रथुमकी लीलादेवी गड्तौलालाई अध्यक्ष र सल्यानका गोपालनाथ योगी, झापाका अग्नीप्रसाद थपलिया, काठमाडाँैका सृजना पोखरेल र कास्कीका विनिता नेपालीलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो । 

     

    यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को पुनःसरचना गर्न प्रा गोविन्दराज पोखरेलको संयोजकत्वमा प्रा ईश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनःसंरचना समिति गठन गर्ने, नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्ने, सङ्घसंस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तुर्जमाका लागि सिद्धान्त स्वीकृत गर्ने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१÷८२ का लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, यही जेठ २६ देखि ३१ गतेसम्म दक्षिण कोरियामा आयोजना हुने ‘साउथ कोरियाज् ल्याण्ड एड्मिनिस्ट्रेशन मोडरनाइजेसन एक्सपेरियन्स सोल’ विषयक कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलका सचिवलाई स्वीकृति दिने बैठकले निर्णय गरेको छ । 

     

    यसैगरी नेपाल सरकारका नाममा दर्ता रहेको कपिलवस्तु जिल्ला साविक विठुवा गाविस–३ को दश कट्ठा सरकारी प्रकृतिको जग्गा विठुवा स्वास्थ्य चौकीको भवन निर्माण गर्न शुद्धोधन गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, नेपाली सेनातर्फ नौ सहायक रथी र तीन महासेनानीको सरुवा गर्ने, ६ प्रमुख सेनानीको महासेनानी पदमा तथा एक महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने बैठकले निर्णय गरेको सञ्चारमन्त्री गुरुङले बताउनुभयो । 

     

    त्यस्तै, तेस्रो राष्ट्रिय निर्धारित योगदान ९नेश्नली डिटरमाइन कन्ट्रीब्युसन एनडिसी–३० स्वीकृत गर्ने र उक्त प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि ९युनाइटेड नेशन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेञ्ज ः एएनएफसिसिसी० को सचिवालयमा पठाउन स्वीकृत प्रदान गर्ने, नेपाल सरकार र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी संलग्न समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाएर हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, जर्मनीको बर्लिनमा आगामी असार ९ देखि ११ गतेसम्म आयोजना हुने इन्टरनेशनल कन्फ्रेन्स अफ इनफरमेसन कमिस्नर ९आइसिआइसी० को १६औँ संस्करणमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यलाई स्वीकृति दिने, यही जेठ २२ देखि २३ गतेसम्म रुसी महासङ्घको निज्नी नोभगोरोडमा आयोजना हुने ग्लोबल डिजिटल फोरममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सहभागिताका लागि स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

     

    यसैगरी झापाको दमक भ्यूटावर ९दमक व्यापारिक कम्प्लेक्स० हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने, डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ श्ययाको जोगबुढा अस्पताललाई ५० शययामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने, औद्योगीक सम्पत्ति सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने, अर्थ मन्त्रालय र अन्र्तगतका निकायको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने तथा नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ठ श्रेणीको सचिव पदमा शोभाकान्त पौडेललाई बढुवा गर्ने बैठकले निर्णय गरेको छ । 

     

    यसैगरी गत वैशाख २५ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयहरु समेत मन्त्री गुरुङले सार्वजनिक गर्नुभयो । गत वैशाख ३० देखि यही जेठ १ गतेसम्म युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईमा आयोजना हुने ‘वल्र्ड पुलिस समिट’मा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, महाकाली नदीमा विगत वर्षको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएको कञ्चनपुरको भीमदत्त  नगरपालिका–११, १२ र १३, दोधारा चाँदनी नगरपालिका–३, ८, ९ र १० लाई तीन महिनाको अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

     

    यसैगरी यही जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने ‘सुवन आइटिएस एसिया प्यासिफीक फोरम’ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त शैक्षिक संरचना निर्माण गर्ने तथा नेपाल सरकारमार्फत कार्यान्वयन हुने गरी वार्षिक बजेटमा व्यवस्था भएका मुलुकभरका सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारको निर्माण÷पुनर्निर्माण÷प्रबलीकरणका कार्य गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइको कार्यक्षेत्र विस्तार गर्नेसमेत बैठकले निर्णय गरेको छ । 

     

    यस्तै गत वैशाख ३० देखि यही जेठ १२ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका सदस्य डा मीनबहादुर श्रीसलाई स्वीकृति प्रदान गर्ने, लमजुङको दोर्दी गाउँपालिकालाई जनवादी गणतन्त्र चीनको यूनान प्रान्तस्थित फुगोङ काउन्टिसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने समेत मन्त्रीपरिषद् बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij