Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेल ३ रुपैयाँ घट्यो

पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेल ३ रुपैयाँ घट्यो

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।
     
     मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
     
     निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
     
            इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ आठ पैसा र डिजेलमा दुई रुपैयाँ ८० पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij