Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बिन्ध्यबासिनी हाइड्रोपावरका ९६ लाख बढी सेयरको लकइन असार २ पछि समाप्त, बजारमा कारोबार खुल्ने

बिन्ध्यबासिनी हाइड्रोपावरका ९६ लाख बढी सेयरको लकइन असार २ पछि समाप्त, बजारमा कारोबार खुल्ने

  • काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लकइन अवधि आगामी असार २ गतेपछि सकिने भएको छ।
    कम्पनीद्वारा जारी सूचना अनुसार, लकइन अवधिपछि कारोबारयोग्य हुने सेयरहरू यस प्रकार छन्स्

    संस्थापक समूहका ८४ लाख ७३ हजार ५०० कित्ता,

    कर्मचारी समूहका ६७ हजार ७८८ कित्ता, 

    आयोजना प्रभावित स्थानीयका ११ लाख २९ हजार ८०० कित्ता सेयर।

    यी सबै सेयरहरू तीन वर्षे लकइन अवधिमा थिए। अब असार २ पछि दोस्रो बजारमा स्वतन्त्र रूपमा कारोबार गर्न सकिनेछ।

    स्मरणीय छ, कम्पनीले २०७९ साल असार ३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो, जसको आधारमा लकइन अवधि गणना गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij