Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल ल्यूब आयलले १०१% नाफा वृद्धि गर्दै ३.२४ करोड कमायो, २००५ हकप्रद सेयरका लागि स्वीकृति माग

नेपाल ल्यूब आयलले १०१% नाफा वृद्धि गर्दै ३.२४ करोड कमायो, २००५ हकप्रद सेयरका लागि स्वीकृति माग

  •  

    काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०१.२४% ले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा १ करोड ६१ लाख रुपैयाँ थियो।

    यस अवधिमा कम्पनीको आम्दानी ८२ करोड २७ लाखबाट बढेर ८९ करोड ५३ लाख रुपैयाँ पुगेको छ, भने बिक्री लागत ७१ करोड २१ लाख कायम भएको छ। कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ९७ लाखबाट बढेर ४ करोड ८१ लाख पुगेको छ।

    वित्तीय खर्च २ करोड ६३ लाखबाट घटेर २ करोड ११ लाख पुगेको छ, जसले गर्दा खर्च घट्ने र आम्दानी बढ्ने प्रभावले नाफा उल्लेखनीय रूपमा सुधार भएको देखिन्छ।

    हाल कम्पनीको चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ २७ करोड ८२ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी  ३५.४१ रुपैयाँबाट बढेर ६०.२९ रुपैयाँ पुगेको छ।

    यसैबीच, कम्पनीले १ः२ अनुपातमा २००%हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। यसअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता सेयर बिक्री गर्न चाहेको हो। यस कार्यका लागि एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij