Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य समायोजन: नेप्सेद्वारा शतप्रतिशत हकप्रद शेयरका लागि मूल्य २८९.११ रुपैयाँ तोकियो

छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य समायोजन: नेप्सेद्वारा शतप्रतिशत हकप्रद शेयरका लागि मूल्य २८९.११ रुपैयाँ तोकियो

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ। कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेपछि नेप्सेले जेठ २ गते मूल्य समायोजन गरेको हो।

    कम्पनीको जेठ १ गतेसम्मको अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँ २२ पैसा रहेको थियो। त्यसको आधारमा हकप्रद शेयरपछि समायोजित मूल्य प्रतिकित्ता २८९ रुपैयाँ ११ पैसा तोकिएको हो।

    हकप्रद शेयरका लागि कम्पनीले जेठ २ गते एक दिन बुक क्लोज गरेको छ। त्यसअनुसार, जेठ १ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर प्राप्त गर्नेछन्।

    छ्याङ्दी हाइड्रोपावरले हालको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १००५ बराबरको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते स्वीकृति पाइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij